फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग

पाेखरा | फागुन ६, २०८२

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । 

 

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

 

सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

 

हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका बेला फोटो पत्रकारलाई सहयोग गरेका हुन् । 

 

सहयोग ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो । 

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । 
 

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्